यो साइट कसरी प्रयोग गर्ने
किनकि समुंद्र पानीले ढाकिएझैं पृथ्वी परामप्रभुका महिमाको ज्ञानले भरिपूर्ण हुनेछ। हबकूक २:१४
यो खोजी गर्ने इन्टर्नेट डाटाबेसले परमेश्वरको सहायतामा, सबै देशहरूका सुसमाचारिय पाष्टरिय, परमेश्वर शास्त्र र मिशनरी तालिम पाठ्यक्रमहरूलाई सूचिगत गर्दछ। यो शुरूमा अङ्ग्रेजी र स्पानिश भाषामा भएतापनि, नयाँ प्रविधिका साथै सबै प्रमुख भाषाहरूमा यो उपलब्ध हुन सक्छ। ताकि सबै ठाउँका ख्रीष्टियनहरूले आफूलाई आवश्यक परेको तालिम पाउन सक्छन् र प्रभु येशू ख्रीष्टको सेवा अझ राम्रोसँग गर्न सक्छन्।
यो परियोजनालाई मिशनरी तालिम सेवाले संचालन गरेको हो। यो बेलायतमा छ र इ. ए. (इभान्जलिकल अलायन्स – www.eauk.org) र जी. सी. (ग्लोबल कनेक्शन्स – यू. के. इभान्जलिकल मिशनरी अलायन्स– www.globalconnections.co.uk) सदस्य हो। यसले आइ. सी. इ. टी. इ. (इन्टरनेशनल काउन्सिल फर इभान्जलिकल थियोलोजिकल एजुकेशन – www.icete-edu.org) र टी. ओ पि. आइ. सी ( ट्रेनर्स अफ पाष्टर्स इन्टरनेशनल कोलिशन – www.topic.us) जस्ता अरु सदस्य संगठनहरूसँग काम गर्छ।
हामी ड्ब्ल्यू इ एको वेब उपस्थितिमा यसलाई जस्ताको त्यस्तै समायोजन गर्न चाहन्छौं। - जेफ टनिक्लिफ, डब्ल्यू इ ए (वर्ल्ड इभान्जलिकल अलाएन्स -www.worldevangelical.org )
हाम्रा प्रभु येशूद्बारा परमेश्वर पिता यो परियोजनामा महिमित हुनुहोस् भनेर प्रार्थना गरिदिनुहोस्।
Searching
तपाईंले विषयको शीर्षकअनुसार र सह–शीर्षकअनुसार, देशअनुसार पाठ्यक्रमको तहअनुसार, प्रमुख शब्दअनुसार, भाषाअनुसार वा इभान्जलिकल अशोसिएशनअनुसार खोज्न सक्नुहुन्छ।
विषय शीर्षक र सह–शीर्षकअनुसार खोज्दा "सबै विषयका शीर्षकहरू" शब्दहरूमा जानुहोस् र तपाईंले चाहनुभएको छान्नुहोस्। तपाईंले अझ गहिरो खोज गर्ने हो भने विषयहरूलाई अझ टुक्राएको बाकसमा गएर क्लिक गर्न सक्नुहुन्छ।
तपाईंले देश पनि छान्न सक्नुहुन्छ र त्यसको मुनि देशको क्षेत्र। यदि तपाईंलाई अन्तर्राष्ट्रिय रुपमा कुन कुन पाठ्यक्रमहरू उपलब्ध छन् भनी जान्न चाहनुहुन्छ भने "देश र क्षेत्र छान्नुहोस्" को तल भएको "अन्तर्राष्ट्रिय" मा क्लिक गर्नुहोस्।
जति थोरै छानौट गर्नुभयो उति नै धेरै परिणामहरू पाउनसक्नुहुनेछ। उदाहरणको लागि अफगानिस्तानमा पोष्ट डाक्टरको पाठ्यक्रम खोज्नुभयो भने धेरै परिणाम ननिस्सकन सक्छ।
रेजिष्टर गर्ने र पोष्ट गर्ने
डेटा पोष्ट गर्नका लागि मेनुको देब्रेतिर भएको "तालिम प्रबन्धकको रेजिष्ट्रेशन" मा क्लिक गर्नुहोस्। यो सुसमाचारिय तालिम डेटाबेसमा हामीले राष्ट्रिय वा अन्तर्राष्ट्रिय सुसमाचारिय संगठनका सदस्यहरूलाई मात्र स्वीकार गर्छौं। शर्तहरूको खण्डलाई पढ्नुहोस्।
तपाईंले रेजिष्टर गरिसक्नुभएपछि तपाईंले आफ्नो युजर नाम र पासवर्ड भएको एउटा इमेल पाउनुहुनेछ। देब्रेतिरको "पाठ्यक्रम प्रवन्धक लग इन"मा गएर क्लिक गर्नुहोस् र आफ्नो युजर नाम र पासवर्ड राख्नुहोस् । त्यसपछि "मेरो विवरण" मा गएर आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस्।
मान्यता दाताले तपाईंको पाठ्यक्रमका विवरणलाई हेरिसकेपछि तपाईंको पाठ्यक्रम डेटाबेसमा सिधै जान्छ।
कुनै कुनै कूकिजहरूले काम गर्नकालागि तपाईंले मध्यम (वा कमसल) सुरक्षा मिलाउनुपर्छ। जुन जुन साइटहरू तपाईंको कम्प्यूटरकालागि हानिकारक छैनन्।
अनुदान
यो कामलाई निरन्तरता दिनको लागि आर्थिक सहायता दिने कुरामा विचार गर्नुहोस्। तपाईंले देब्रेतिर भएको "आर्थिक सहायता"मा क्लिक गर्नसक्नुहुन्छ। धेरै धन्यवाद, परमेश्वरले तपाईंलाई आशिष देऊन्।